+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई ५ अर्बको ऋणपत्र निष्काशन गर्दै

global ime and sunrise capital contracted to share debenture allocation
डबली खबर
१ साल अगाडी

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

बैंकले ८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०८१/८२ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जानकारी दिएको छ । जसमध्ये ४० प्रतिशत अर्थात दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सनराइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ