काठमाडौं – ग्लोबल आइएमई बैंकले करिब ३५ हजार जनाले वित्तीय साक्षरता दिएको छ । बैंकका २ सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३ हजार ५००, मधेशमा २ हजार २००, बागमतीमा १५ हजार, गण्डकीमा ५ हजार ५००, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५०० र सुदूरपश्चिममा २ हजार ५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको बैंकले जनाएको छ।
बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया