sujim bazar advert

फरार प्रतिवादी जेल चलान

डबली खबर     जेष्ठ २३, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot police arrested to dhruba tamang
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले चोरी घटनामा संलग्‍न भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतले मुद्दाको फैसलापछि फरारमा सूचीकृत किस्पाङ गाउँपालिका-५ का ध्रुव तामाङ प्रतिवादीलाई पक्रेर कैद तथा जरिवाना बेरुजु फछ्यौटका लागि जिल्ला अदालत नुवाकोटमार्फत् प्रहरीले कारागार चलान गरेको हो ।

तामाङले विदुर नगरपालिका वडा नं. ७ का सन्दिप बोगटीले आफ्नै घर अगाडी पार्किङ गरी राखेको बा ९३ प ७६४६ नम्बरको मोटरसाईकल चोरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक तीलक भारतीले जानकारी दिए ।

गत २०७७ वैशाख ८ गते हराएको मोटरसाईकलमा संग्लन तामाङलाई हिजो मङ्गलबार जेठ २२ गते आफ्नै घरमा बसेको अवस्थामा प्रहरीले पक्राउगरेको प्रहरी नायव उपरिक्षक भारतीले बताए ।

२०७८ माघ २६ गते जिल्ला अदालत नुवाकोटले गरेको फैसला एक वर्ष ५ महिना २३ दिन कैद र पाँच हजार रुपैंया जरिवाना भुक्तान गर्न नसकेबापत् तामाङलाई १७ दिन थप कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top