sujim advert

घरजग्गा र सेयर बजारलाई खुल्ला छोड्नुपर्छः पूर्वअर्थमन्त्री पाण्डे

डबली खबर     जेष्ठ २१, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

ex finance minister surendra pandey emsan
bidur tax consultancy services in nuwakot

काठमाडौं – पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थ मन्त्रालय पछिल्लो समय धेरै अनुशासनहिन भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ’पोस्ट बजेट–एक समग्र बहस’ कार्यक्रममा पूर्वमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

हाल मुलुकको अर्थतन्त्रमा मन्दी कायमै रहेको बताए । पूर्वअर्थमन्त्री पाण्डेले पुँजीगत खर्च हुँदैमा सबै कुरा ठिक हुन्छ भन्ने नहुने बताए ।

पूर्वअर्थमन्त्री पाण्डेले भने,‘देशको अर्थतन्त्रमा मन्दी छाएकै छ । पुँजीगत खर्च हुँदैमा सबै कुरा ठिक हुन्छ भन्ने पनि छैन । हामी सीमामा रहेच खर्च नगर्ने हो भने अझै खाल्डोमा जान सकिने निश्चित छ । पुँजीगत मात्रै नभएर चालु खर्च पनि उचित र सहि कुरामा खर्च नभएका कारण नेपालको अर्थतन्त्र अझ अप्ठ्यारोमा पर्दै गएको छ ।’

बजेटको रचनात्मक कार्यान्वयन नहुने निश्चित रहेको बताए । पूर्वअर्थमन्त्री पाण्डेले भने,‘रचनात्मक तरिकाले बजेटको कार्यान्वयन गरियो भने मात्रै केहि उपलब्ध होला । तर, उहि पुरानै रोग दोहोरिने निश्चित छ ।’

अर्थतन्त्रको कन्फीडेन्स बढाउन घरजग्गा र सेयर बजारलाई खुला छोड्नुपर्ने बताए । अनुपात्दक क्षेत्र भएपनि यी दुई क्षेत्रलाई खुला छोडियो भने छोटो समयमै अर्थतन्त्र वृद्धि योगदान पुग्ने बताए । पूर्वअर्थमन्त्री पाण्डेले भने,‘घरजग्गा, सेयरबजार अनुत्पादक हो । यति भन्दाभन्दै पनि अहिलेको अर्थतन्त्रमा कन्फीडेन्स ल्याउनका लागि यी क्षेत्रलाई खुला छोड्नुपर्छ । यसले छोटो समयमा अर्थतन्त्रमा पैसाको प्रवाह बढ्नेछ र अर्काे बर्ष अर्थतन्त्रको वृद्धिमा थप सहयोग पुग्नेछ । यसका लागि मौद्रिक नीतिले पनि हेर्नुपर्छ ।’

घरजग्गा, सेयरलगायतका क्षेत्र तत्कालका लागि वा केहि समयका लागि केहि खुल्ला छोडेपछि निजी क्षेत्रको मनोवल उच्च हुने पूर्वअर्थमन्त्री पाण्डेलेको भनाई छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top