+
Search

ताजा अपडेट +

पपुलर +

घरेलु हतियार प्रयोग गरेर एक जनाको हत्या

death body
डबली खबर
२ साल अगाडी

नुवाकाेट – घरेलु हतियारको प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँ बस्ने वर्ष ७२ वर्षिय खमसिङ तामाङको साेमबार साँझ घरेलु हतियारको प्रहारबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार दाजुभाईबिच जग्गाको विवादको कारण भाई ६७ वर्षिय सिंहबहादुर तामाङले साँझ सात बजेर ४० मिनेटमा दाईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे छ ।

घटनाको सूचना पाउने बित्तिकै प्रहरी चौकी मैलुङबाट प्रहरीको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीको कामाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो ।

दाजुको हत्या गरेको आरोपमा तामाङलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई आफ्नै घरको माथिल्लो तलामा लुकीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट धारिलाे खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ