sujim bazar advert

महिला ह्याकाथन, फिजिओनेप प्रथम

डबली खबर     जेष्ठ २, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

hackathon of Hacking for Empowered Nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – शिक्वल फाउन्डेसनले नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ‘ह्याकाथन – सशक्त नेपालका लागि ह्याकिङ’ सम्पन्न गरेको छ ।

ह्याकाथनमा प्रविधिको क्षेत्रमा रुची भएका विविध समूहका ६० भन्दाबढी महिलाहरूको सहभागीता रहेको थियो । तीन दिनसम्म टेवा नेपालमा भएको प्रतियोगितामा महिलाहरूले आफ्नो रचनात्मकता र क्षमतासँगै निरन्तर कोडिङ्ग गर्दै उत्कृष्ट समाधानहरू विकसित गरेका थिए ।

ह्याकाथनलाई टेस्लाटेक नेपाल, संयुक्त राज्य अमेरिका दूतावास, नेपाल र संयुक्त राष्ट्र महिलाको सहयोग रहेको थियो ।

प्रतियोगितामा फिजिओनेपले विकसित गरेको प्रविधिले प्रथमस्थान सुरक्षित गर्न सफल भयो भने एक लाख नगदपुरस्कार प्राप्त गरेको छ । फिजिओनेपले निर्माण गरेको महिला समाधान भौतिक चिकित्सा प्रक्रियामा कोण निर्धारण गर्ने थियो ।

यस्तै, प्रतियोगितामा पोषण साथीले आफ्नो पोषणको माध्यमबाट सशक्त गर्ने समाधानको साथ नगद ७५ लाख पुरस्कारका साथ द्वितीय स्थान र लेडीबग्सले सीरभिक्स प्रकारको पहिचानकर्ता एप निर्माणसँगै ५० हजार नगद पुरस्कारसहित तृतीय हासिल गर्न सफल भयो।

आयोजक फाउण्डेसनका संस्थापक तथा सहप्रवन्ध निर्देशक आस्था शर्माले ह्याकाथनको सफलतामा खुसी व्यक्त गर्दै सहभागीहरूले कसरी नेपालको अत्यावश्यक समस्याहरूलाई अभिनव समाधानहरूमार्फत सम्बोधन गर्दै आफ्नो रचनात्मकता र प्राविधिक सीपहरू प्रदर्शन गरे भन्ने कुरामा जोड दिईन् ।

उनले भनिन्म “महिलाहरूको कोडिङ क्षमताहरू बढाउनको लागि प्लेटफर्मको रूपमा मात्र काम गरेको छैन । सहयोग र सिकाइको लागि सहयोगी र सशक्तिकरण वातावरणलाई पनि बढावा दिएको छ । “

प्रतियोगिताले कौशल विकास, सहयोग र सशक्तिकरणका लागि एउटा मञ्च प्रदान गरेको आयोजक संस्थाले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top