sujim advert

वित्तीय साक्षरतामा पाँच हजारभन्दा बढी सहभागिता

डबली खबर     बैशाख २८, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

logo of global ime bank
bidur tax consultancy services in nuwakot

काठमाडौं – ग्लोबल आइएमई बैंकले आफ्ना एक सय ६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

बैंकले सातवटै प्रदेशअन्तर्गतका कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुलगायत २० हजार भन्दा बढी सहभागिता रहेको थियो ।

बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत् वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रबदर्धन कार्यक्रमहरु सञ्चालन गर्न गइरहेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top