sujim bazar advert

८१ जनाको आँखाको शल्यक्रिया

डबली खबर     बैशाख २६, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

eye operation in nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोटमा सञ्चालित दुई दिने आँखा शिविरमा ८१ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, तिलगङ्गा सर्जिकल आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

विदुरमा भएको शिविरमा ७५ जनाको मोतियाविन्दु र ६ जनाको आँखामा मासु पलाएको बिरामीको आँखा शल्यक्रिया गरिएको रेडक्रस सभापति हरि श्रेष्ठले जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिका र शिवपुरी गाउँपालिकाकामा गत वैशाख ६ गतेदेखि २१ गतेसम्म भएको नि:शुल्क आँखा परीक्षण शिविरमा ९०७ जना बिरामीको परीक्षण गरिएको थियो । शिविरबाट मोतियाबिन्दुका बिरामी पहिचान गरी आँखाको शल्यक्रिया गरिएको थियो ।

वैशाख २४ र २५ गते भएको आँखा शिविरमा विदुर युवा रेडक्रस सर्कलको सहयोग रहेको थियो ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top