sujim advert

सडकमा राखिएको सामग्री हटाउन गाउँपालिकाको निर्देशन

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

office of myagang rural municipality nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – म्यागङ गाउँपालिकाले पालिकाभित्रको सार्वजनिक सडकमा निर्माण भएको अवैध संरचना तथा सडक अवरोध हटाउन निर्देशन दिएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै त्रिशूली-हातिगौड़ा-गोगने-चिउरीभन्ज्याङ गरी बुङताङ किम्ताङ जाने सडक लगायतका पालिका भित्रका अन्य सडक तथा शाखा सडकहरुमा रुख कटान गरी सडक अवरोध हुने गरी काठ तथा मुढाहरु थुपार्ने, सडक छेउको नालिहरुमा अवरोध हुने गरी वन्यजन्तु तथा कृषि पैदावार राख्ने तथा सडकै अवरोध समेत हुने गरी घरायसी सामग्रीहरु सडकमा थुपार्ने जस्ता कार्य भएको गुनासो सुनिएकोले सडक आगमनमा अवरुद्ध हुने गरी राखिएका सामग्रीहरु हटाउन निर्देशन दिएको हो । सडकलाई बिगार्ने वा क्षति पुर्याउने कार्य नगर्न समेत अनुरोध गरेको छ ।

सूचनालाई वेवास्ता गरी सडक अवरोध हुने गरी कोहि कसैले कार्य गरेमा कानुनअनुसार कारवाही गरिने जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top