sujim advert

राष्ट्रिय सङ्ग्रहालयका फोटो प्रदर्शन नुवाकोटमा

डबली खबर     बैशाख १९, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

अशोकबाटिका – राष्ट्रिय संग्रहालय छाउनीले राणाकालिन सामग्रीहरुको फोटो प्रदर्शनी नुवाकोटमा सुरु गरेको छ ।

विदुर नगरपालिकाको अशोकबाटिकमा रहेको भैरवी माध्यामिक विद्यालय परिसरमा बुधबारबाट सुरु भएको प्रदर्शनी भोलि वैशाख २० गते बिहिबारसम्म चल्नेछ ।

सङ्ग्रहालयको कला, सम्पदाहरुको महत्त्व र प्रचारप्रसार कार्यक्रम तथा शैक्षिक कार्यक्रम अन्तर्गत प्रदर्शनी गरेको सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए ।

फोटो प्रदर्शनीमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, १ नम्बरका वडाध्यक्ष लेनिन रञ्जित, २ नम्बरका वडाध्यक्ष दिपक कायस्थलगायतले फोटो प्रदर्शनीको अवलोकन गरेका थिए ।

फोटो हेरेर इतिहासबारे ज्ञान हुने र शिक्षण सिकाइमा समेत सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठले बताए ।

करिब ९८ भन्दा बढी फोटोहरु प्रदर्शनमा राखिएका छन् । निःशुल्क रुपमा फोटो प्रदर्शनीमा सहभागी हुन पाउनेछ ।

प्रदर्शनीमा सङ्ग्रहालयको गतिविधि, ऐतिहासिक पक्ष, हराएका मूर्तिको खोज र फिर्तालगायतको श्रव्यदृश्य पनि देखाईएको छ ।

सङ्ग्रहालय आउन नसकेका र भ्यालीभन्दा बाहिर रहेका सबैले सङ्ग्रहालयको वेबसाईटबाट पनि ‘भर्चुअल’ माध्यमबाट हेर्न सकिनेछ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top