२०८१, २३ बैशाख आईतवार

व्यवसायी र स्रस्टा सम्मानित

डबली खबर     बैशाख १२ २०८१ १८:३२

Khil Prasad Adhikari and Shyam Prasad Rimal honored by Nuwakot FM
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट एफएमले जिल्लाका व्यवसायी र स्रस्टालाई सम्मान दिएको छ ।

सम्मानित हुनेमा नारायणी पाउरोटी र पानी उद्योगका खिलप्रसाद अधिकारी र राष्ट्रिय समाचार समिति (रासस)का श्यामप्रसाद रिमाल रहेका छन् ।

विदुर नगरपालिका-९ का नारायणी पाउरोटी र नारायणी पानी उद्योगका सञ्चालन गरी नुवाकोटमा व्यापार प्रर्वद्धन र रोजगार सिर्जनामा अतुलनीय योगदान पुर्याएकोमा सम्मान दिएको नुवाकोट एफएमका स्टेशन प्रबन्धक श्रीराम अधिकारीले बताए ।

यस्ता, नेपाली भाषा साहित्य र पत्रकारिताका माध्यमबाट नेपाली समाजको सकारात्मक रुपान्तरणमा चार दशकभन्दा बढि समय समर्पित गरेका राससका नायव महाप्रबन्धक रिमाललाई सम्मान दिएको छ ।

सम्मानित अधिकारीले २०५० मा नारायणी बेकरी र २०६५ मा पानी उद्योग सञ्चालनमा ल्याएका थिए ।

यस्तै, सम्मानित रिमालका एउटा काँढा बिझ्दा, त्रिशूलीको किनार, बारपाक, नदी बग्दैन, चमेरोलगायतका कृति प्रकाशित छन् ।

सम्मानितद्वयलाई शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर लामा, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी र नेपाल शान्ति विकास एवम् विकास केन्द्रका अध्यक्ष शिवप्रसाद न्यौपाने संयुक्तरुपमा दोसल्ला ओढाई सम्मान-पत्रले सम्मान गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top