विदुर – धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कपको छात्रतर्फ जेडी बोर्डिङ स्कूल विजयी भएको छ ।
आज भएको फाइनल खेलमा जेडीले चन्द्रज्योति माध्यमिक विद्यालयलाई २-१ गोलको अन्तरले पराजित गर्दै जीत हासिल गरेको हो ।
खेलमा जेडीका जर्सी नम्बर ९ का सम्राट तामाङ र १४ नम्बरका समिर रिमालले १/१ गोल गरे ।
यस्तै, चन्द्रज्योतिका जर्सी नम्बर ७ का सन्दिप तामाङले १ गोल गरे ।
प्रतियोगिताको उद्घाटन खेलबाटै जीतको सुरुवात गरेका जेडीले फाइनल खेलको अतिरिक्त थप समयमा थप १ गोल गर्दै तेस्रो एनयुएफसी कपको उपाधी उचालेको छ ।
प्रतियोगितामा छात्रतर्फ विजेता र उपविजेताले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
यसैगरी छात्रातर्फ भैरवी मावि विजेता र पञ्चमिलन कलादेवी माध्यमिक विद्यालय उपविजेता भएका छन् ।
नकआउटका आधारमा खेलाइने प्रतियोगितामा जिल्लाका सामुदायिक र निजी १७ विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया