२०८१, २० बैशाख बिहीबार

जेडी विजयी

डबली खबर     फाल्गुन ११ २०८० १८:२१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालय जिल्लास्तरिय फुटबल आजदेखि प्रतियोगिता शुरु भएको छ ।

नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजना भएको उद्घाटन खेलमा जालपादेवी बोर्डिङले सुभनियर बोर्डिङलाई ४-० गोल अन्तरले हराउँदै विजयी भएको हो ।

खेलको पहिलो हाफको ११ मिनेट ४५ सेकेण्डमा सुभेनियरका जर्सी नम्बर ४ का रिञ्चेन तामाङले बल रोक्ने क्रममा आत्मघाति गोल गरेका थिए ।

दोस्रो हाफमा खेलको ६०औं र ७२ औं मिनेटमा जेडीका जर्सी नम्बर ४ का इमान कुमाल ले दुई गोल, ६३औं मिनेटमा जर्सी नम्बर १३ का सक्षम घिमिरेले एक गेल गरे ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले गरेका हुन् ।

नकआउटका आधारमा खेलाइने प्रतियोगितामा जिल्लाका सामुदायिक र निजी १७ विद्यालयहरुको सहभागिता रहेको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

प्रतियोगितामा छात्रतर्फ विजेता र उपविजेताले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै, छात्रातर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र ७ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top