sujim bazar advert

तेस्रो एनयुएफसी: भैरवी मावि विजयी

डबली खबर     फाल्गुन १९, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

football team of chandrajyoti secondary school
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कपको छात्रातर्फ भैरवी माध्यमिक विद्यालय विजयी भएको छ ।

आज भएको फाइनल खेलमा भैरवीले पञ्चमिलन कलादेवी माध्यमिक विद्यालयलाई २-० गोलको अन्तरले पराजित गर्दै जीत हासिल गरेको हो ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा भैरवीकी रकिसा डङ्गोलले दुई गोल गरिन् । खेलको म्यान अफ दि म्याच भैरवीकी रकिशा भइन् ।

प्रतियोगितामा छात्रातर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र ७ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

यसैगरी आज छात्रतर्फको फाईनलमा जेडी बोर्डिङ स्कुल र चन्द्रज्योति मावि भिड्ने छ । खेल दिउँसो ३ बजे हुनेछ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top