+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिनियाँ फोटो प्रदर्शनी सुरु

चिनियाँ फोटो प्रदर्शनी सुरु
डबली खबर
२ साल अगाडी

काठमाडौं – नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काठमाण्डौमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफि प्रदर्शनी सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड नेपालस्थित चिनियाँ राजदुतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीन प्रान्तको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफि एशोसिएसनको आयोजनामा भएको प्रदर्शनी एक सातासम्म चल्नेछ ।

चिनियाँ नयाँवर्षको अवसरमा आयोजना गरिएको फोटो प्रर्दशनीको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले गरेका हुन् ।

उनले धार्मिक तथा सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै फोटो प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपालस्थित चिनियाँ दुतावासका काउन्सिलर से यूले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको चर्चा गर्दै फोटो प्रदर्शनीको माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।

फोटो प्रदर्शनीमा प्रान्तका विभिन्न ६० वटा तस्वीर रािखएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ