२०८१, २३ बैशाख आईतवार

“स्वास्थ्यचौकीमै सम्पूर्ण सुविधा हुनुपर्छ”: मन्त्री डा. महत

डबली खबर     मंसिर १७ २०८० ०७:५०

finance minster dr prakash sharan mahat speech
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – अर्थमन्त्री डा. प्रकाशशरण महतले पञ्चकन्या गाउँपालिकाको कविलास स्वास्थ्यचौकीको उद्घाटन गरेका छन् ।

स्वास्थ्य चौकीको उद्घाटन कार्यालयलाई सम्बोधन गर्दै मन्त्री डा. महतले अब सम्पूर्ण सुविधा विस्तार गर्दै डाक्टर र स्वास्थ्य सहायकको दरबन्दीको व्यवस्था हुनुपर्ने बताए ।

मन्त्री डा. महतले भने ‘सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच सेवा उपलब्ध भयो भने सानातिना समस्याका लागि उपचार गर्न बाहिर जान पर्दैन । स्वास्थ्य, शिक्षा र पूर्वाधार चाहेर पनि एकैपटक गर्न सकिँदैन । उपलब्ध साधनस्रोतको भरपूर उपयोग गरेर आवश्यकतालाई केन्द्रविन्दूमा राखेर बजेट विनियोजन गर्नेतर्फ सरकार केन्द्रित छ ।’

०७२ बैशाख १२ को विनाशकारी भुकम्पले स्वास्थ्यचौकी भवन भत्किएपछि मिलडाँडा ठाँटीभन्ज्याङको सोही जग्गामा नयाँ भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top