२०८१, १७ बैशाख सोमबार

स्वयंसेवक टोली जाजरकोट र रुकुम पश्चिममा (फोटो फिचर)

डबली खबर     मंसिर ११ २०८० २१:११

earthquake jajarkot relief cpnuml volunteer bagamati province nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

जाजरकोट – भूकम्पले भत्किएका संरचना र अस्थायी आवास निर्माणका लागि जाजरकोट र रुकुम पश्चिममा राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिइरहेका छन् । राज्यले अस्थायी आवास निर्माणका लागि दिने भनिएको पहिलो किस्ता नआउँदा भूकम्प पीडितले घर निर्माण गर्न नसकिरहेका बेला दलका नेता तथा कार्यकर्ता भत्किएका संरचना पन्छाउने र अस्थायी टहरा निर्माणमा केन्द्रित छन्।

यसै अभियान अन्तर्गत नेकपा (एमाले) ले जाजरकोट र रुकुम पश्चिममा एक सय ५२ जना स्वयंसेवक खटाएको छ। केन्द्रीय सदस्य निरज आचार्य, किरण पौडेललगायत भूकम्प प्रभावित क्षेत्रमा छन् ।

स्वयंसेवक टोलीले भूकम्पले भत्काएका घरहरूका भग्नावशेष हटाउने कार्य गर्ने छन् । जाजरकोटको लागि सक्रिय २५ समुह विभाजनको विवरण गरिएको छ ।

नेकपा एमालेका स्वयंसेवक तथा जिफण्ट, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय) लगायत विभिन्न जनसंगठनका स्वयंसेवकहरू भग्नावशेष हटाउने र अस्थायी टहरा निर्माण गर्ने काममा लागि रहेका छन् ।

स्वयंसेवकहरुले पहिलो चरणमा घरको भग्नावशेष हटाई सफा गर्नेछ । भग्नावशेष हटाउने कार्यमा त्यहाँ पार्टीका स्थानीय कार्यकर्ता स्वयंसेवकका रूपमा खटेका छन् ।

गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि नेकपाका स्वयंसेवक खटिएका हुन् ।

फोटोः अजय शाक्य

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top