sujim advert

पलिकास्तरीय भलिबलको सेमिफाइनल समिकरण पूरा

डबली खबर     मंसिर ९, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

first internal municipality student volleyball cup
bidur tax consultancy services in nuwakot

नुवाकोट – प्रथम अन्तर पालिकास्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

लिखु गाउँपालिका वडा नं ४ क्षेत्रपाल माध्यमिक विद्यालयकाे खेल मैदानमा भएको क्वार्टरफाइनलमा विदुर, दुप्चेश्वर, पञ्चकन्या र तादी समुहले स्थान पक्का गरेका छन् ।

शनिबार भएको क्वार्टरफाइनलको पहिलो खेलमा दुप्चेश्वर र तारकेश्वर २-०, लिखु र विदुर ०-२, पञ्चकन्या र म्यागङ २-० र तादी र ककनीलाई २-० को सोझो सेटमा हरायो ।

भोलि मङ्सिर १० गते हुने सेमिफाइनलमा दुप्चेश्वरविरुद्ध विदुर र पञ्चकन्याविरुद्ध तादीबीचको खेल बिहान ८ बजे र ९ बजे हुने जिल्ला भलिबल सङ्घ नुवाकोटका अध्यक्ष सुवास पाण्डेले जानकारी दिए ।

सेमिफाइनलमा विजयी हुने पालिकाहरुले भोलि १० गतेनै फाइनलमा भिड्ने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने र खेल्ने खेलाडीलाई विभिन्न ६ विधाबाट पुरस्कृत गर्ने जनाएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top