पालिकास्तरीय भलिबल सुरु

डबली खबर     मंसिर ८ २०८० २०:१७

nuwakot volleyball tournament 2080
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – प्रथम अन्तर पालिकास्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

जिल्ला भलिबल सङ्घ नुवाकोटको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन अर्थमन्त्री प्रकाशशरण महतले गरेका हुन् ।

लिखु गाउँपालिका वडा नं ४ क्षेत्रपाल माध्यमिक विद्यालयकाे खेल मैदानमा आज मङ्सिर ८ देखि १० गतेसम्म हुने प्रतियोगितामा ११ समुहले प्रतिस्पर्धा गर्ने सङ्घका अध्यक्ष सुवास पाण्डेले जानकारी दिए ।

तीनदिनसम्म हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै, सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने र खेल्ने खेलाडीलाई विभिन्न ६ विधाबाट पुरस्कृत गर्ने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top