sujim advert

राष्ट्रपतिद्वारा जाजरकोट अवलोकन

डबली खबर     कार्तिक २१, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

president ramchandra poudel in jajarkot
bidur tax consultancy services in nuwakot

जाजरकोट – राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट पुगेर भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको अवलोकन गरेका छन् ।

मंगलबार राष्ट्रपति पौडेल जाजरकोटको जिल्ला अस्पतालमा पुगेर भूकम्पमा परी घाइते भएका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन् ।

घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका छन् ।

राष्ट्रपति पौडेल युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो । मुलकुमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top