+
Search

ताजा अपडेट +

पपुलर +

क्याम्पसको नयाँ भवन शिलान्यास

डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा नयाँ भवन शिलान्यास गरिएको छ ।

शनिबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले भवन शिलान्यास गरेका हुन् ।

विश्वविद्यालय अनुदान आयोगको भौतिक विकास अनुदान अन्तरगत प्राप्त अनुदानबाट भवन निर्माण हुन लागेको क्याम्पस प्रमुख नारायणमान डङ्गोलले जानकारी दिए । करिब एक करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण कम्पनीले ९४ लाख ३४ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने ठेक्का कबुल गरी भवन निर्माण कार्य शुरु भएको क्याम्पस प्रमुख डङ्गोलले जानकारी दिए ।

कार्यक्रममा क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन आवश्यक पहल थालिने मन्त्री लामाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पस गुणस्तरीय सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणिकरण सम्पन्न हुने अन्तिम चरणमा रहेको जानकारी दिए ।

हाल क्याम्पसमा एक हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ