नुवाकोट । विदुर कर परामर्श सेवाले विदुर नगरपालिका-४ तल्लो विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । नुवाकोट, रसुवा र धादिङमा कर सम्बन्धि सेवा सुविधा दिदैँ आईरहेको विदुर करले आईतबार आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान गरेको हो ।
बिहीबार एक समारोहका बीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र ४ नम्बरका वडाध्यक्ष निलमबाबु ढुंगेलले संयुक्तरुपमा विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा प्रजुना भट्टराई र आदित्य नगरकोटीलाई छात्रवृत्तिको चेक हस्तान्तरण गरेका छन् ।
विदुर करका निर्देशक दिनेशकुमार श्रेष्ठले संस्थाको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत १०/१० हजार रुपैंयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको बताए ।
विद्यालयले छनौट गरी प्रदान गरिएको छात्रवृत्ति पाउने भट्टराई कक्षा नौ र नगरकोटी कक्षा १० मा अध्ययनरत रहेको प्रध्यानाध्यपक लामिछानेले जानकारी दिए ।
विदुर करले कर तथा भ्याट सम्बधि परामर्श, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । संस्थाले विभिन्न सामाजिक व्यावसायीक उत्तरदायित्व पहल अन्तर्गत सांस्कृतिक, खेलकुद, शिक्षा लगायतका क्षेत्रमा योगदान पुर्याएको छ ।
प्रतिक्रिया