२०८१, २२ बैशाख शनिबार

सिजी ईलेक्ट्रोनिक्सको सहयोग

डबली खबर     श्रावण ८ २०८० १७:१७

cg electronics provide smart tv to devighat temple nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – चौधरी ग्रुप (सिजी) ईलेक्ट्रोनिक्सले सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार जेष्ठ नागरिक विश्रामस्थलको लागि स्मार्ट टिभी उपलब्ध गराएको छ ।

ईलेक्ट्रोनिक्सले विदुर नगरपालिकाको देविघाटमा रहेको ऐतिहासिक तथा पवित्र धार्मिकस्थल जालपादेवी मन्दिर परिसरमा रहेको विश्रामस्थलमा राख्नको लागि टिभी प्रदान गरेका हो ।

ईलेक्ट्रोनिक्सको नुवाकोटका लागि आधिकारिक बिक्रेता अमात्य ट्रेडर्सका प्रोपाईटर युवराज अमात्यले स्थानीय समाजसेवी युवा नविन चित्रकारलाई हस्तान्तरण गरेका हुन् ।

उपलब्ध गराएको उक्त टिभी जडानले मन्दिर क्षेत्रमा आउने भक्तजन तथा जेष्ठ नागरिकहरुको मनोरञ्जनका लागि महत्वपूर्ण अर्थ राख्ने सिजि ईलेक्ट्रोनिक्सका बिक्री प्रबन्धक हरिचन्द्र अर्यालले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top