नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अब अनलाइनबाटै सदस्यता प्रदान गर्ने भएको छ । राप्रपाले अनलाइनबाटै पार्टीको सदस्यता लिन सकिने व्यवस्था गरेको हो ।
पार्टीको वेबसाइटमा गएर नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिन सकिने जनाएको छ । वेबसाइटमा गएर नयाँ सदस्यता लिने वा नवीकरण गर्ने हो, सो छनौट गरेर आवेदन दिन सकिने छ ।
साधारण सदस्यका लागि १० रुपैयाँ, सक्रिय सदस्यका लागि एक वर्षको १ सय ५० रुपैयाँ र ५ वर्षका लागि ५०० रुपैयाँ शुल्क लाग्ने छ ।
सदस्यता र नविकरणको रकम डिजिटल वालेट खल्ती र आईएमइपेबाट तिर्न सकिने छ।

प्रतिक्रिया