महिला हिंसाबाट जोगाउन ४० किशोरीलाई आत्मरक्षा तालिम

डबली खबर     जेष्ठ १९ २०८० १६:५०

women self defense training in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्बन्धि तालिम दिइएको छ ।

बागमति प्रदेश सरकारको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद, जिल्ला युवा समिति नुवाकोटको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

विदुर नगरपालिका वडा नंं ५ स्थित पिपलटार फुटसलमा भएको तालिमको समापन गर्दै विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले युवाहरुको क्षमता विकासका साथै वृद्धि विकासमा प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

तालिममा विदुर नगरपालिकाका ६ वटा विद्यालयका ४० जना किशोरी छात्राहरुको सहभागिता रहेको जिल्ला युवा समितिका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । महिला घटनालाई निरुत्साहित गर्न, महिलाको आत्मबल बढाउन तथा खेलकुदप्रति महिलाको अभिरुचि बढाउन तालिमको आयोजना गरिएको बताए ।

सहभागीहरुलाई उषा तामाङ र शान्ति रिमालले सहभागिहरुलाई आत्म सुरक्षाको बारेमा प्रशिक्षण दिएका थिए ।

यसअघि समितिले जिल्लाका युवाहरुलाई लागुपदार्थ दुर्व्यसनी तथा साईबर अपराध सचेतना कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top