२०८१, १४ बैशाख शुक्रबार

भैरवी मावि विजयी, सेमिफाइनलमा प्रवेश

डबली खबर     माघ ६ २०७९ १९:३१

nuwakot bhairavi secondary school win nufc first game
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिताको छात्रातर्फको पहिलो खेलमा भैरवी मावि विजयी भएको छ।

नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा सुरू भएको दोस्रो संस्करणको प्रतियोगितामा भैरवी माविले अर्किड एकेडेमीलाई १-० गोलअन्तरले हराउँदै विजयी भएको हो ।

पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । खेलको दोस्रो हाफमा भैरवीकी जर्सी नम्बर ११ की रियाना तामाङले पेनाल्टीमार्फत गरेको एक गोलनै निर्णायक बन्यो । रियाना खेलको म्यान अफ द म्याच घोषित भईन् ।

भैरवीले अर्किडलाई पूर्ण खेल अवधिभर दवावमा राखेको थियो ।

जीतसँगै भैरवी सेमीफाईनल प्रवेश गरेको छ ।

प्रतियोगितामा छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमश: १० हजार र ५ हजार रुपैयाँ नगदराशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

खेलभरबाट अनुशासित टिम, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक छनौट गरी मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सामुदायिक र निजी विद्यालयले सहभागिता जनाएको प्रतियोगिता माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top