२०८१, १३ बैशाख बिहीबार

जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच

डबली खबर     माघ ३ २०७८ १२:४६

nurse pratima rasuwa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – समाजसेवी नर्स प्रतिमा लामाले ३५ जना जेष्ठ नागरिकहरूको स्वास्थ्य चेकजाँच गरेकी छिन् ।

शनिबार लामाले गोसाइँकुण्ड गाउँपालिका–६ नागुङमा एक कार्यक्रम बीच जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्नुको साथै जाडोमा न्यानो कपडा (ज्याकेट) वितरण गरेकी हुन् ।

उनका अनुसार गाउँका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गरी दिर्घ रोगीहरुको लागि आवश्यक औषधीहरू पनि प्रदान गरिएको छ । साथै जेष्ठ नागरिक, एकल महिला तथा पुरूष र अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानाे कपडा वितरण गरिएको उनले बताईन् ।

बिएसी नरसिंङ पढेकी प्रतिमाले आफ्नो पढाइ पुरा गरी ग्रामिण भेगमा सामाजिक अभियानमार्फत उदाहरणीय कार्य गर्दै आईरहेकी छिन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top