२०८०, १५ चैत्र बिहीबार

पाँचथरमा ७ जनाको मृत्यु, दुई बेपत्ता

डबली खबर     कार्तिक ३ २०७८ १२:५६

Panchthar Map
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पाँचथर – अविरल बर्षाका कारण पाँचथरमा विभिन्न ठाँउमा गएको पहिरोका कारण सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोको कारण थप दुई जना बेपत्ता भएको छ ।

विभिन्न ठाउँमा पहिरोले घर पुरिदां तथा बगाउँदा मानवीय क्षति हुनुको साथै दजर्नौ परिवार विस्थापित भएका छन् । टेलिफोन अवरुद्ध भएका कारण विभिन्न ठाँउमा भएको क्षतिको विवरण आउन सकेको छैन ।

फिदिम-४ मा ममता मगर र रोयन मगरको पहिरोले पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । कुम्मायकको माङ्जावुङकाी ४० बर्षिय डम्बर कुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ बर्षिय धन बहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय युवक फुर्वा तामाङ पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, मिक्लाजुङ-५ र फाल्गुनन्द-४ पनि थप १/१ जनाको मृत्यु भएको प्रहरी जनाएको छ । मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरो परि दुई जना बेपत्ता भएका छन् ।

मेची राजमार्गका विभिन्न ठाँउमा अवरुद्ध छ । मेची राजमार्ग खुलाउन अझै केहि समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top