२०८१, १३ बैशाख बिहीबार

विदुर कर परामर्श सेवाको १०औं वार्षिकोत्सव

डबली खबर     आश्विन ७ २०७८ ०७:०५

bidur tax consultancy service IRD Nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । नुवाकोट, रसुवा र धादिङमा कर सम्बन्धि सेवा सुविधा दिदैँ आईरहेको विदुर कर परामर्श सेवाले बुधबार आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ ।

विदुर कर परामर्श सेवाले कर/भ्याट सम्बधि  शैक्षिक परामर्श, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरु नुवाकोट र रसुवामा सञ्चालन गर्दै आईरहेको छ ।

विदुर कर परामर्श सेवाका प्रबन्धक दिनेशकुमार श्रेष्ठले प्रविधिमैत्री र डिजिटल कारोबारलाई आत्मसाथ गर्दै उत्कृष्ट सेवा दिँदै जाने बताए । सेवाग्राहीहरुलाई आधिकारिक वेबसाईट र फेसबुकमार्फत कर सम्बन्धी जानकारीलाई प्रभावकारी रुपमा प्रदान गर्दै लैजाने बताए ।

विदुर करले नुवाकोटका तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र शिवपुरी गाउँपालिकामा शाखा विस्तार गरिसकेको छ । यस्तै, रसुवाको धुन्चे र धादिङको गल्छीमा पनि शाखा विस्तार गरिसकेको छ ।

परामर्श सेवाले सामाजिक उत्तरदायित्व अन्तर्गत सांस्कृतिक, खेलकुद, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top