विदुर – बैशाख २१ गतेदेखि सुरु भएको नुवाकोटमा लगाईएको निषेधाज्ञा भदौ २० गतेदेखि हटाइएको छ ।
निषेधाज्ञा हटाएतापनि आईतबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकले विद्यालयमा भौतिक रुपमा उपस्थित गराई पठनपाठन गर्न नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी संचालन गर्न सक्ने जनाएको छ ।
यस्तै, विधान बमोजिम साधारणसभा गर्नुपर्ने संघसंस्थाहरुले स्वास्थ्य मापदण्ड अपनाई सिमित सदस्यहरुको उपस्थितिमा गर्न सकिने र उक्त सभाको संकट व्यवस्थापन केन्द्रसँग समन्वय गर्नुपर्ने जनाएको छ ।
पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार विहान ५ देखि १० बजेसम्म खुला गर्ने र औद्योगिक क्षेत्र पनि खुला हुनेछ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको आदेश,

प्रतिक्रिया