२०७८, १५ माघ शनिबार

नुवाकोटमा वैशाख २१ देखि २७ गतेसम्म निषेधाज्ञा

डबली खबर     बैशाख १९ २०७८ १८:२०

lockdown nuwakot map tws
nuwakot trishuli graphic web media service 2020

विदुर – कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले वैशाख २१ देखि २७ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमणको जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्लामा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको अधिकार प्रयोग गरि केन्द्रको बैठकले वैशाख २१ गते बिहान ४ बजेदेखि वैशाख २७ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको छ ।

निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह समेत गरिएको छ।

जिल्लाबाहिरबाट प्रवेश गरेकाहरु अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ ।

साथै विवाह, ब्रतबन्धको लागि बढीमा १५ जना हुने गरी स्वास्थ्य मापदण्ड पालना गरि प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट भएको आदेश




Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top