२०८१, १३ बैशाख बिहीबार

नुवाकोटको पाँच वटा स्थानीय तहमा धान जोन कार्यक्रम विस्तार गरिने

डबली खबर     भाद्र ११ २०७८ ०८:५५

paddy zone in nuwakot new
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – आगामी आर्थिक बर्षदेखि उत्पादन लागत र श्रम शक्तिको अभाव घटाउँदै कृषिलाई यान्त्रिकरण गरी कार्य दक्षतामा वृद्धि गर्नका लागि नुवाकोट जिल्लामा प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत “धान जोन कार्यक्रम” जिल्लाको पाँच वटा स्थानीय तहमा विस्तार गरिने भएको छ ।

बिगतको समयमा तरकारी र आलु जोन कार्यक्रम सञ्चालन हुदैं आएका क्षेत्रलाई समेटर बेलकोटगढी नगरपालिका वडा नम्वर १२ र १३, लिखु गाउँपालिको वडा नम्वर १, २,४,५ र ६, पञ्चकन्या गाउँपालिका वडा नम्वर १ र २, शिवपुरी गाउँपालिकाको वडा नम्वर ७, तादी गाउँपालिकाको वडा नम्वर २, ३ र ४ मा आउँदो आर्थिक वर्षदेखि धान जोन कार्यक्रम सञ्चालन हुन लागेको हो ।

कार्यक्रम सञ्चालनका लागि चालू आवमा स्वीकृति प्रदान भइसकेकाले आगामी आवदेखि कार्यक्रम सञ्चालन गरिने परियोजना कार्यान्वयन एकाइ प्रमुख बरिष्ठ कृषि अधिकृत सुरेन्द्रप्रसाद पोखरेलले बताए । धानको उत्पादकत्वमा वृद्धि गरी, यान्त्रीकरण, पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन, प्रशोधन केन्द्रको स्थापना, मूल बीउ उत्पादन, कृषि अनुसन्धान केन्द्र र अध्ययन संस्थान स्थापना गर्ने कार्यक्रमको उद्देश्य रहेको पोखरेलले बताए । नुवाकोटमा कुल १४ हजार २ सय ८३ हेक्टर जमिनमा वर्षे धानको खेती हुने गरेको छ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको थियो । यसै बिच आलु र तरकारीको जोन चलेको नुवाकोटमा पनि ८० प्रतिशत प्रगति भएको छ ।

बिहिबार बिदुरमा सम्पन्न आर्थिक बर्ष २०७७/७८ को समिक्षा र २०७८/७९ कार्यक्रम सार्वजनिककरण एवं धान जोनको क्षेत्र निर्धारण बैठकमा परियोजना कार्यान्वयन एकाइ प्रमुख बरिष्ठ कृषि अधिकृत पोखरेलले नुवाकोट र रसुवा जिल्लाको १३३ हेक्टर क्षेत्रफलमा हिउँदे आलुखेतीको क्षेत्र विस्तार भएकोले ८० हजार केजी आलु उत्पादन भएको र जि दोश्रो र तेश्रो पुस्ताको बीउ आलु ५०प्रतिशत अनुदानमा बितरण गरिएको र उक्त क्षेत्रफलवाट २८सय मेट्रिक टन बिउ आलु उत्पादन हुने आउँदो आगामी बर्ष १८०० हेक्टर क्षेत्रफलको लागि उन्नत बिउ आपुर्ति हुने बिश्वास लिईएको छ ।

रसुवा जिल्लाको १७ हेक्टर क्षेत्रफलमा वर्षे आलुको क्षेत्र विस्तार भएको जस्मा १९ हजार केजी उन्नत बीउ आलु ५०प्रतिशतमा अनुदानमा बितरण गरिएको र उक्त क्षेत्रफलवाट ३सय ६१ मेट्रिक टन आलु उत्पादन भएको पोखरेलले बताए ।

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना नुवाकोटले समुदायमा आधारित बीउ आलु आत्मनिर्भर कार्यक्रम अन्तर्गत नुवाकोट र रसुवा जिल्लामा ४९हजार ९०० पिभियस दाना आलु बिउ वितरण गरिएको जसले गर्दा बीउ चक्र मर्मत भई आगमि ५ वर्षमा ७हजार ४०० मेट्रिक टन उन्नत बिउ उत्पादन हुने भएको छ ।

यसैगरी १५ हेक्टर क्षेत्रफल ४ हजार ३०० केजी प्रथम पुस्ता, १५ हजार ४ सय २८ केजी दोस्रो पुस्ताको बीउ आलु ५०५ अनुदानमा वितरण गरिएको हुँदा आगामि वर्ष गुणस्तरीय बीउको चक्र व्यवस्थापनमा सहयोग पुर्याउने बरिष्ठ कृषि अधिकृत सुरेन्द्र प्रसाद पोखरेलले बताउनुभयो ।

यसै गरी कार्यालयले सहकारी संजालमार्फत कृषि उपज बजारीकरण सहयोग कार्यक्रम अन्तर्गत दुईवटा सहकारीहरु र १ कृषक समुहको संजाल मार्फत तरकारी जोन क्षेत्रभित्रको ताजा तरकारी र कृषि जन्य उपजहरुको ढुवानीको लागी पिकअप गाडी ५०प्रतिशतमा अनुदानमा वितरण गरिएको छ ।

आर्थिक बर्ष २०७७/७८ को तृतीय चौमासिक र बार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै जिल्ला समन्वय प्रमुख सन्तमान तामाङले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति विवरण सन्तोषजनक रहेको बताउँदै जिल्लामा सरकारी कार्यालयले गर्ने विकासे काममा जनप्रतिनिधिलाई साक्षी राख्ने काम बाहेक अन्य काममा सहभागिता बनाउनु पर्ने बताए ।

समिक्षा कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृण्ण थापा, लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष सीता पराजुली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top