२०८१, १४ बैशाख शुक्रबार

प्राईम बैंकको खाता ‘खल्ती’मा लिंक गर्दा १०० बोनस पाईने

डबली खबर     श्रावण ३ २०७८ ०७:३३

Prime Bank PR khalti
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – अब प्राईम बैंकको खाता खल्ती डिजिटल वालेटसँग लिंक गर्दा १ सय रुपैयाँ बोनस पाईने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको हो ।

उक्त बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।

उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ । साथै लिंक घरबाटै गर्न सम्भव छ ।

यो योजना जुलाई १६ देखि ३१ तारीख सम्म खल्ती सँग प्राईम बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ ।
प्राईम बैंक अकाउन्ट खल्ती सँग कसरी लिंक गर्ने ?

● खल्तीको होम स्क्रिनमा देखाइएको ‘मोर’ अप्सनमा गई लिंक बैंक अकाउन्ट मा ट्याप गर्ने
● उपलब्ध बैंकहरु मध्ये ‘प्राईम बैंक’ सेलेक्ट गर्ने
● आवश्यक सबै विवरणहरु भरि ‘सब्मिट’ बटनमा थिच्ने
● अब रजिस्टर गरिएको मोबाइल मा प्राप्त वान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्ती खातासँग आफ्नो प्राईम बैंक अकाउन्ट सफलतापूर्वक लिंक गर्न सकिन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top