नुवाकोट – साविक रातमाटे गाउँ विकास समिति वडा नम्बर ४ का पूर्व वडाध्यक्ष गम्भीरमान लामाको निधन भएको छ ।
शनिबार काठमाडौंको ग्रिनसिटी हस्पिटलमा उपचारका क्रममा लामाको ४७ वर्षको उमेरमा निधन भएको छ ।
बेलकोटगढी नगरपालिका-७ का स्थायी बासिन्दा लामालाई केही दिन अघि स्वास्थ्यमा समस्या आएपछि नुवाकोटमै उपचार गरिएको थियो । थप उपचारको लागि उनलाई काठमाडौं लागिएको थियो ।
लामा रेडियो संजीवनीका स्टेशन म्यानेजर र समाचार प्रमुख पत्रकार द्वय गमला लामा र भगवती लामाका पिता हुन् । लामा साविक रातमाटे गाविस-४ का नेपाली काँग्रेस पार्टीका पूर्व वडाध्यक्ष एवं महादेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य हुन् ।
प्रतिक्रिया