२०८१, ७ बैशाख शुक्रबार

होम आइसोलेशनमै लिखुका एक महिलाको मृत्यु

डबली खबर     बैशाख २८ २०७८ १७:००

death body
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नुवाकोटमा कोरोना लागेर ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

लिखु गाउँपालिकाको वडा नम्बर २ स्थित ६६ वर्षको एक महिलाको आज मृत्यु भएसगैँ नुवाकोट जिल्लाभित्रै कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालकाअनुसार कोरोना रोगबाट सङ्क्रमित भएका ती महिला घरको एकान्तबाँसमा रहेको समयमा आज मृत्यु भएको हो । ती महिला गएको बैशाख १६ गते खुट्टामा समस्या भएसगैँ जाँच गराउन त्रिशूली अस्पतालमा गएको र सोही समयमा गरिएको पिसिआर परीक्षणको १८ गते आएको नतिजामा कोरोना रोग भएको देखिएको थियो ।

खुट्टामा क्यान्सर भएर उपचारको लागी अस्पताल गएको ती महिलामा कोरोना रोगको कारण देखाएर उपचार नगरी फिर्ता गरेर घरकै एकान्तबासमा बस्न पठाइएकाले उक्त खुट्टाको क्यान्सरको असर बृद्धि हुदै गएर मृत्यु भएका र सँगसँगै कोरोनाको प्रभावपनि देखिएको परिवारका सदस्यले बताएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top