२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

६२ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए

डबली खबर     बैशाख २४ २०७८ १८:०६

covid19 lab of trishuli hospital nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला २१ र पुरुष ४१ जना रहेका छन् । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ३४ जना, बेलकोटगढीका १२ जना, लिखु र दुप्चेश्वर गाउँपालिकाका ४/४ जना, किस्पाङका ३ जना, तादी र तारकेश्वरका २/२ जना र म्यागङका १ जना रहेका छन् ।

हाल जिल्लामा ४०० जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा ३४ जना अस्पताल, ५ जना सेन्टरमा र ३६१ होम आइसोलेसनमा उपचारत रहेका छन् ।

यस्तै, शुक्रबार १८ जनाले संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट दुइको मृत्यु भएको छ भने १ हजार ६२६ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top