२०७८, १० असार बिहीबार

५० बेडको आईसोलेसन तयार गर्दै विदुर नगरपालिका

डबली खबर     बैशाख २३ २०७८ १६:२७


bidur municipality office build isolation center in battar coverd hall nuwakot
Tribhuvan Trishuli Secondary School
bidur tax

नुवाकोट – कोभिड-१९ बाट सङ्क्रमित बिरामीहरुका लागि विदुर नगरपालिकाले बट्टारमा रहेको कबर्ड हलमा ५० बेडको आईसोलेसनको लागि तयारी गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको कोरोनाभाईरसका कारण बिरामी बढ्दै जाने स्थितिमा अस्पतालमा वेडको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले तयारी स्वरुप नुवाकोट तेक्वान्दो संघको स्वामित्वमा रहेको कबर्ड हललाई ५० बेडको आईसोलेसन कक्ष तयारी रुपमा राख्न लागिएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।

नगरप्रमुख पण्डितका अनुसार तीव्र गतिले फैलिदै गईरहेको महामारीलाई नियन्त्रण गर्न कबर्ड हालमा नगरपालिकाका कोभिड-१९ बाट संक्रमित बिरामीहरुको उपचारको लागि सहज वातावरण सिर्जना होसभन्ने उदेश्यले आईसोलेसन कक्ष तयारी गर्न लागिएको जानकारी दिए ।

बिरामी राख्ने आईसोलेसन कक्षमा पानी, बत्ती, टेलिभिजन, ईन्टरनेट, पत्रपत्रिका, शौचालय लगायतका आधारभूत आवश्यकताको व्यवस्थापन गराई तत्काल तयार गर्नुका साथै कार्यालयको स्वास्थ शाखाको मातहतका कर्मचारीहरुलाई समेत खटाउने नगरपालिकाका प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए ।

हाल नगरपालिकामा १२० पुरुष र ७० महिला गरी १९० जना होम आईसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नगरपालिकाका २८ जना सङ्क्रमित भएका छन् ।

अहिलेसम्म नगरका ६२४ पुरुष र २९८ महिला गरि कुल ९२२ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19



Top