२०७८, ७ आश्विन बिहीबार

नुवाकोटमा थप २८ सङ्क्रमित

डबली खबर     बैशाख २३ २०७८ १३:५९

nuwakot coronavirus covid19 update
tribhuwan trishuli secondary school admission open
bidur tax

विदुर – नुवाकोटमा थप २८ कोरोना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिहिबारको रिपोर्टअनुसार सबैभन्दा धेरै विदुर नगरपािलकाभित्र मात्रै १६ जना पुरुष र ८ जना महिला गरेर २४ जना कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै, बेलकोटगढी नगरपालिकामा १ जना पुरुष, लिखु गाउँपालिकाका १/१ जना महिला र पुरुष, र तारकेश्वर गाउँपालिकाका १ पुरुष कोरोनाको सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयनुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

उनको अनुसार कोरोनाको सक्रिय सङ्क्रमित मध्ये अस्पतालमा २९ जना, स्थानीयतहले बनाएको आइसोलेसन केन्द्रमा ४ जना र ३२३ जना आफ्नै घरको एकान्तबासमा बस्दै आएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टीजेन परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म नुवाकोटमा १० हजार ६२९ जनाको कोरोना परीक्षण गरिएकोमा १ हजार ५६४ सङ्क्रमित भएका छन् ।

प्रकाशित: बैशाख २३ २०७८ १३:५९

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top