+
Search

ताजा अपडेट +

पपुलर +

फरार रहेको तीन वर्षपछि पक्राउ

dabali khabar samachar - leading news portal from nuwakot
डबली खबर
५ साल अगाडी

नुवाकोट – सवारी ज्यान मुद्दाका प्रविवादी तीन वर्षपछि नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

सवारी मुद्दामा एक वर्षको कैद सजाय तोकिएका फरार अभियुक्त तारकेश्वर गाउँपालिका वडा नं. २ बस्ने ४२ वर्षीय होमनाथ सिग्देललाई लुकीछिपी बसिरहेको सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक वलीका अनुसार नुवाकोट जिल्ला अदालतको फैसला अनुसार २०७४ असार ३ गते सवारी ज्यान मुद्दामा दोषी ठहराई एक बर्ष कैद तोकिएको तर फैसला मिति पश्चात फरार रहेका अभियुक्तलाई प्रहरी टोलीले पक्राउ गरी अदालत पेश गरेकोमा उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ