२०८१, १३ बैशाख बिहीबार

पञ्चकन्यामा कृषक कल सेन्टर

डबली खबर     भाद्र १० २०७७ १३:२८

panchakanya farmer call center nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पञ्चकन्या, नुवाकोट – पञ्चकन्या गाउँपालिकाले कृषकहरुलाई फोनबाटै परामर्श र सेवा दिनको लागि कृषक कल सेन्टरको सुरुवात गरेको छ ।

बन्दाबन्दी र पछिल्लो समय नुवाकोटमा फैलदो कोरोना भाइरसको संक्रमणका कारण कृषि उत्पादनमा गिरावट नआओस् भनेर कृषकलाई सहयोग गर्न यस प्रकारको अभियान थालिएको पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत नरेश पुडासैनीले जानकारी दिए।

घरमै बसी बसी कृषकको समस्या समाधान गर्नका लागि स्थापना गरिएको कृषक कल सेन्टरको लागि कृषि विज्ञ सुदेश सुवेदी सम्पर्क व्यक्ति तोकिएको छ भने ९८८१३४८१३६ मा फोन गरी सोधपुछ गर्न र सेवा लिन सकिने छ ।

कृषकहरुको समस्या फोनबाटै समाधान हुने र आवश्यकता अनुसार कृषि विज्ञसहितको टोली खेतबारीमै गएर सेवा दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top