+
Search

ताजा अपडेट +

पपुलर +

सतुवा (सतावर) खेतीको परिचय र यसको महत्त्व

satuwa satuwar paris polyphylla uses herb nepal-min
डबली खबर
६ साल अगाडी

tulsiram bhushal

सतुवा उच्च पहाडी भेगमा पाइने एक प्रकारको मूल्यवान वन औषधी (वनस्पति) हो । यो विरुवा नेपालका महाभारत तथा हिमाली क्षेत्रमा १८०० मिटर देखि ३००० मिटर सम्मको उचाईमा पाइन्छ।

बैज्ञानिक नाम (ल्याटिन नाम) : पेरिस पोलिफाईला (Paris Polyphylla sm.)
वनस्पति परिवार : लिलियसी (Liliaceae)

कृषि तथा कृषिजन्य खेतिहरुको उत्पादनतर्फ उन्न्मुख हुनसके कृषि क्षेत्रमा विकास र आर्थिक समृद्धि स्थापना हुने र कृषक र समग्र राष्ट्रको लागि अत्यन्तै ठूलो लाभ हुन सक्छ।

यसको पात बाँकोको जस्तै हुन्छ । यसको जराको आकार अदुवा जस्तै हुन्छ । यसको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ ।

  • बान्ता भएमा अथवा पखाला लागेमा सतुवाको सेवनले बिरामी छिटै निको हुन्छ ।
  • पेट दुखेमा सतुवाको सेवनले छिटो निको हुन्छ, पाकेको घाउमा सतुवाको जरा घोटेर लगाएमा छिटो निको हुन्छ ।
  • अन्य धेरै किसिमका रोगहरु निर्मुल पार्न प्रयोग गरिने एक महत्त्वपूर्ण जडिबुटी हो ।

खसु्र र ठिंग्रे सल्लाको जंगल भएको भागमा यो विरुवा धेरै पाउन सकिन्छ । यो विशेष गरेर सेपिला भागमा फस्टाउँछ । यसकाे खेतिका लागि चिस्यान, ओसेपिलो र मलिलो माटो भएको भूगोलमा उपयुक्त हुन्छ। यो प्रजातीका विरुवा सामान्यतया १/२(०.५) मिटर अग्लो हुन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन्। यस विरुवाको सबैजसो पातहरू एउटै आँख्लाबाट पलाएका हुन्छन्।

प्रत्येक पात झन्डै भाला आकारको भई १५ सेन्टिमिटर लामो र ६ सेन्टिमिटर चौडा हुन्छन्। पातको टुप्पो चोसो परेको हुन्छ। विरुवाको टुप्पामा एउटै मात्र फूल फूलेको हुन्छ। फूलका तरेलीहरू पहेंलो र हरियो रङ्गको हुन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै अंग पाइन्छन्।

विशेष गरि यो विरुवाको जडिबुटीमा प्रयोग हुने भाग काण्ड हो। यो काण्ड जमीनमुनि रहने र अदुवा जस्तो हुन्छ। यसको रंग खैरो किसिमको हुन्छ। साधारण अदुवामा जस्तै धेरै हाँगा बिंगा हुदैन। उत्त काण्ड ६ देखि ९ सेन्टिमिटर सम्म लामो र २ देखि ४ सेन्टिमिटर सम्म चौडा हुन्छ। यो काण्डबाट लामा लामा जराहरु पनि निस्केको देख्न हुन्छ्न।

सतुवा एक वर्षे विरुवा हो जुन वर्षयाममा हुर्कन्छ अनि हिउदयाम सुरुवात सङौ यो बिरुवा पनि मर्न थाल्छ। यो बिरुवा रोपेको एक वर्ष विराएर खन्दा राम्रो हुने भएकाले वर्ष बिरायर निकाल्दा राम्रो मानिन्छ ।

आजको युग विज्ञान तथा प्रविधि को युग हो। यो आर्युवेदिक तथा अहिलेको मेडिकल साइन्समा पनि अत्यन्त महत्व पूर्ण र उपयोगी औषधिय विरुवा हो । यसको विश्वमा ठूलो मागसँगै महत्वपनि एकदमै बढी छ । यस्ता वनस्पतिको खेति गर्न सके कृषि क्षेत्रमा क्रान्ति स्थापना हुने विकास र आर्थिक समृद्धिको ढोका खुल्ने कृषक तथा देशको लागि अत्यन्त लाभ पुग्न सक्दछ ।

हाल सतुवाको बजार मूल्य रु ९ देखि १० हजार रुपैयाँमा बिक्री भैरहेको छ भने यसको मूख्य बजार चीन हो ।

-लेखक कृषि विद्यार्थी हुन्

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ