काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र ई-सेवाबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै कम्पनीको बीमा शुल्क ई-सेवामार्फत् भुक्तानी गर्न सकिने भएको हो ।

ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।
सम्झौतासँगै कम्पनीमा बीमा गरेका ग्राहकले आफ्नो नियमित बीमा शुल्क ई-सेवाको मोबाईल एप तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने भएको छ । ई-सेवा खाता नभएका ग्राहकले भने ई-सेवाका देशभर रहेका कुनै पनि शाखामार्फत् शुल्क भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया