२०७९, ३ जेष्ठ मंगलवार

फेरीदैँन नेपाली राजनीति: गुण र दोषका आधारमा समर्थन र विरोध नभएसम्म

    फाल्गुन १७ २०७५ २२:०२

sunil neupane nuwakot
nuwakot trishuli graphic web media service 2020

-सुनिल न्यौपाने

विगतमा विभिन्न शाशन र तन्त्रहरुबाट ग्रसित भईरहँदा नेपालमा कैयन सपूत जन्मे जसले हामीलाई अधिकारको मूल धारमा समाहित गराउन आफ्नो ज्यान बलिदानी सम्म दिए फलस्वरुप आज हाम्रो देश संघिय लोकतान्त्रीक गणतन्त्रात्मक मुलुकको रुपमा स्थापीत भएको जो कोहि स्वाभीमानी नेपालीलाई अवगत छ र यसमा सायद दुई मत नहोला पनि । यसो लेख्दै गर्दा वर्तमान समयमा अथाह प्रश्नहरु उठ्न सक्छन् । राजनैतिक अस्थिरता, द्रुत सरकार परिवर्तन, वैदेशिक हस्तक्षेप, भ्रष्टाचार, घोटाला, ठगी, वेरोजगार, असुरक्षा, बन्द र हढताल, लुटपाट, यौेनजन्य हिंसा, बलात्कार, गरीबी, भोकमरी, विभेद आदी आदी के के हुन् हुन् । यसर्थ के हामी स्वतन्त्र छौँ त ? कहाँ छ हाम्रो स्वतन्त्रता र स्वाभीमान ?

नेपाली राननितीमा विभिन्न व्यवस्था तथा परिपाटी त फेरियो, देशले एउटा संघियताको मार्ग कोर्यो र पनि किन भ्रष्टाचारले पाउँछ बढवा ? किन दिन डहाडै मेरो देशका चेलीहरु बेचीन्छन् , बलाकृत हुन्छन् ? किन मेरो देशको सीमाक्षेत्र बर्षेनी मिचिन्छन् ? किन मेरो देशका युवाहरु खसीबोका झैँ बेचिन्छन् विदेशी भूमिमा ? किन हाम्रो राष्ट्रिय स्वाभिमानमा आँच ल्याउन वैदेशिक शक्तिहरु चुलबुल गर्छन् ? किन सोफिस्टिकेटिड् भनाउँदा राष्ट्रहरुले मेरो देशको धर्म, संकृती रीतीरिवाज तथा धार्मिक सहिष्णुतामाथी विखण्डन ल्याउन हरसम्भव अथक दुष्शाहश गर्छन् , किन ?

कुनै एउटा रिसर्च पेपरमा अध्ययन गरेको थिएँ कि कुनै देशमा अस्थिरता ल्याउनु छ भने सबैभन्दा पहिला सहिष्णुताको जडमा आक्रमण गर्नुपर्छ चाहे त्यो धार्मिक होस् या सामाजिक वा अरु कुनै जसले राष्ट्रिय एकतालाई मजबुद बनाएको छ । हो यहि भईरहेको छ रावणरुपी राष्ट्र विखण्डकारहरुबाट ।

समाजिक संञ्जालमा कतै भेटेको कुरा जहाँ हिटलरले संसदमा एउटा जिउँदो भाले लिएर जान्छन् र त्यसको पुरै भुत्ला उखेल्छन् । भाले बेस्सरी चिच्याउँछ । पखेटाबिहिन भालेलाई हिटलर केहि मकैको दाना फाल्न थाल्छन् । मकैको स्वादमा भाले पछि लाग्छ किनकी आफ्नो प्वाँख मुण्डनकर्ता हिटलरले मेरो कल्याण गर्दैनन् भन्ने बिर्सिन पुग्छ ।

यसबाट के स्पष्ट हुन्छ भने नेतामुखी व्यवस्थामा नेता र जनताबीच ठ्याक्कै यस्तै सम्बन्ध रहन्छ अन्तत्वगत्वा नेपालको राजनिती यसबाट ग्रसित हुँदै आज यस घडिमा आईपुग्न विवश छ । नत्रभने…., नत्रभने किन “जुन जोगी आए नि कानै चिरेको” उखान सार्थक सरकारहरुको जनता गुणगान गाउन छोड्दैनन् । जबसम्म गुण र दोसका आधारमा समर्थन र बिरोध गर्ने परिपाटीको विकास नेपाली राजनितीमा हुन्न, तबसम्म राजनैतिक अस्थिरता अझै अझै चौडा हुँदै जान्छ । विपक्षीले गरेको सबै बेठिक र पक्षधारीले गरेको सबै ठिक भन्ने नहुन सक्छ । पार्टीमा भएको राम्रा कुरालाई राम्रो र “कू” लाई “कू” भनी स्विकार गर्ने, प्रशंशा गर्ने, आलोेचाना तथा समालोचना गर्ने खालको राजनितीक संस्कार सत्तापक्षी, विपक्षी एवं अन्य पार्टीका साथै आम नेपालीमा विकास हुन आजको टड्कारो आवश्यकता छ ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top