sujim bazar advert

बैदेशिक रोजगारीको ‘सामाजिक पिडा’

    पुस १२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Udaya Ranamagar
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

अव गाउँका भाउजु तथा बुहारीहरुले भैसी दुन जान्दीन र पल्लो बजारबाट दुध किनेर खान्छिन् रे । बारीमा मलको लागि पालिने गाई अव पाल्नै पर्दन रे किनकी बारीमा अव अन्न लगाउन छोडिसके रे ।

बैदेशिक रोजगारी नेपालीको लागि अभिन्न अंग बनेर आएको छ । नेपालबाट बाहिरिने जनसंख्यालाई दैनिक १५ सयको संख्या जाने गरेको छ । यसरी जानेको सख्या वि.सं. २०६८ मा १९ लाख २१ हजार ४ सय ९४ पुगेको देखिन्छ तर अनौपचारिक रुपमा जानेको सख्या समेत हेर्दा ५० लाख यूवा रोजगारीको क्रममा विदेश गएको भन्ने गरिएको छ । यो अवस्था प्रति हामी त्यति चिन्तित छैन किनकी ती यूवाहरुले पठाएको रिमिटयान्सबाट हाम्रो अर्थतन्त्र चलिचरहेको छ । त्यसमा नै हामी खुशी मनाइरहेको छौ । यसबाट हाम्रा ग्रामिण जिवन र सामाजिक सस्कारहरु विरुप्त बनेको छ । गाउले जिवन निरस छ गाउमा बस्नेहरुमा निरासाले डेरा जमाइरहेको छ ।

नुवाकोट कै एक गाउको दृष्ठान्तलाई हेर्दा काइला बाले आफ्नो कान्छा छोरा विदेश नगएकै कारण विहे नहुने भयो भनेर चिन्ता व्यक्त गर्दै थिए । नरे हिजो मात्र साउदबाट आयो रे । त भने विदेश जाने सोच नै बनाउदैनस् भन्दै आफ्नो छोरालाई गाली गर्दै थिए । लाठे भैसक्यो इलाम छैन विदेश गएर नआएसम्म यस्लाई विहे गर्न कस्ले छोरी देलान् भनिरहेका थिए । उनी पनि ३ वीसको उमेर भैसकेको र ठूला छोरो साउदी गएको छ रे अनि वुहारी नातिनी पढाउन शहर पसेको छ । यो त प्रतिनिधि घट्ना मात्र हो यो र यस्ता घट्ना त नेपाली समाजमा कयौ छन् । नेपाली समाजमा अव छोरी दिनका लागि ठूलो परालको मचान हेर्ने होइन प्रशस्त खेती योग्य जमिनको खोजि गर्ने होइन अव विदेश जाने योग्यता र २—४ पैसा कमाएर ल्याउन सक्ने विदेश जाने मन हुनु पर्दछ भन्ने धारणाले अव ग्रामिण स्तरमा बलियो जग बसाइ सक्यो । नेपाली ग्रामिण भेगमा अहिले १८ देखि ४० पुगेको यूवा खोजी गर्दा पाउन मुस्किल नै पर्दछ । यूवाजति विदेशमा, बृद्धाजति गाउमा र बुहारीजति शहरमा रहेको अवस्था छ । अर्को दृष्ठान्तको रुपमा केही समय अघि सानेको घरमा उसको बाबाको मृत्यू हुदा लास उठाउन मान्छे नभएर अघिकांस ४० काटेका महिलाहरुले दाहसस्कार स्थलसम्म लगेको थिए । मेरो आफनै अनुभवलाई साक्षी राख्ने हो भने म सानो छँदा जाने गरेको पारी पाखाको बारी मैले नटेको पनि यूगैयुग भैसक्यो । हिजोआज त त्यस ठाउमा जंगल भएको छ रे त्यहा त बाघ र मृगको क्रिडास्थलपो भएको छ रे । साथीहरुसंगै घाँस दाउराको लागि जंगल जाँदा दोहरीको झंकारसंगै सुसेलीको तालमा घाँसको भारी पुगेको पत्तै पाइदैनथ्यो त्यो जंगलमा । फेरी वन हेरालुले जंगलमा घाँस दाउरा काट्यो भनेर लखेटेका घट्ना मानसपटलमा अझै ताजै छ । तर अहिले जंगलमा हेरालुको आबश्यकता नै छैन रे मेरो गाउँमा । किनकी गाउँमा त दाउरा काट्नु पर्दैन रे साथै अव खाना पकाउने कामत ग्याँसमा हुने गरेको छ रे । ग्याँस त काट्नै पर्दैन रे किनकी घाँसखाने गाईभैसी पाल्नै छोडिसकेको छन् रे । अव गाउँका भाउजु तथा बुहारीहरुले भैसी दुन जान्दीन र पल्लो बजारबाट दुध किनेर खान्छिन् रे । बारीमा मलको लागि पालिने गाई अव पाल्नै पर्दन रे किनकी बारीमा अव अन्न लगाउन छोडिसके रे । अव गाउँका पाटामा फल्ने मकै, कोदो अव लगाउनै पर्दैन रे किनकी त्यस्ता गाउँमै फल्ने मकै, कोदो जस्ता अन्न खाने बानी छुटीसकेको छ रे । हिजोआज त गाउँमा कुटोकोदालो गर्ने मान्छलाई त घृणाको रुपमा खिसीटयूरे गर्दछन् रे फलाना त कृषक भनेर । तर पनि हाम्रो अर्थतन्त्र कृषि नै भन्न छा्ड्दैनौ हामी । किनकी यस पेशालाई बेरोजगारी लुकाउने पेशाको रुपमा यसलाई लिइन्छ । तर कृषि गर्नुपदैन कृषि गर्नेको छोरा सिधै कृषक हो भनेर समाजले मान्ने गरेको छ । यसो नभन्ने हो भने काम नहुनेहरुको रोजगारीको क्षेत्र कृषि भन्न कहाँ पाइन्छ र ? यदि सवै कृषक हो भनेर चिनाइएका ७१ प्रतिशत जनताले कृषि नै पेशाको रुपमा अनुसरण गरी दिएको भए बार्षिक रुपमा १ खर्व बराबरको खाद्यान्न नेपालले आयत गर्ने परिस्थिति आउदैनथ्यो । कृषि विज्ञहरुको दावी छ नेपालमा कृषिको उत्पादकत्व बढेको छ तर खोइ त बढेको भए हाम्रा उत्पादन कता गए? पंचायतकालमा हामी धान निर्यात गर्दथ्यौ तर अहिले आयत । कृषि मन्त्रालयको तथ्यांकलाई आधारमान्ने हो भने नेपालको कृषि भुमि तराईमा १० प्रतिशत र पहाडमा ३० प्रतिशतसम्म बाँझो छ जस्ले गर्दा १० बर्ष अघि हाम्रो उत्पादन बढी भएर १० प्रतिशत निर्यात गर्ने गरेकोमा हाल ३० प्रतिशत आयत गर्ने अवस्थामा पुगेको छ यसको एउटा कारण यूवा जनशक्तिको बहिरगमन नै हो ।

baideshik rojgar

अर्का एक गाउँमा ५० घरमा करिब प्राय सबै घरबाट रोजगारीको लागि विदेश गएका छन् । यूवा विहिन झैं छ त्यो गाउँ । छोराछारी अभिभावकको अनुपस्थितीमा हुर्किनु पर्ने बाध्यताका कारण बालबच्चामा नकारात्मक असर परी प्राय सवैका छोराहरु लागुऔषधको कुलतमा फसेको छ । वैदेशिक रोजगारीमा श्रीमान गएकोले श्रीमतीले एक अर्काको स्नेह र प्रेमबिनानै यौवनावस्था गुजार्नु परेकोले दोश्रो साथी खोज्ने प्रवृत्ति बढ्दै गएको छ गाउँभरी । जस्ले गर्दा केही दिन अगाडि हर्के (नाम परिवर्तन) को सम्बन्धविच्छेद नै भयो र उता उसको माइली काकीको बुहारी अर्कैसँग दोस्रो विहे गरि हिंडेछ त्यो पनि छोराले पठाएको सबै पैसा समेत बोकेर । यस्ताखालका पारिवारिक विखण्डन तथा हिंसाका कारण त्यो गाउँको सामाजिक जिवन आक्रान्त बन्दैछ । हो यस्तै कथा नेपाली ग्रामिण समाजको अव विशेषता बनिसकेका छ ।

पूर्वीय संस्कृतिको हिमायतीको रुपमा रहदै आएको नेपाली समाजमा आध्यात्मिक दर्शन र चिन्तनमा आधारित सनातनी परम्परा रहेपनि विदेशबाट फर्कने नेपाली र उनीहरुले सिकेर आएको विदेशी संस्कारको उपस्थितिसंगै पाश्चात्य संस्कृतिले प्रभाव बनाउदै छ । खासगरि भौतिकवादी दर्शन र विचारधारवाट प्रभावित पश्चिमी संस्कृतिले मानविय मूल्य मान्यता, आध्यात्मिक दर्शनलाई भन्दा सामाजिक सुख भोग र भौतिकवादी जीवन शैलीलाई महत्व दिन्छ यसले शास्त्रीय मुल्यमान्यता र परम्परालाई खासै विश्वास गर्दैन् आधुनिक जिवनपद्धती र उपभोगवादी शैली यसका विशेषता रहेको सन्दर्भमा नेपाली समाजमा पनि त्यस प्रकृतिका विषयहरुले स्थान पाएको स्पष्ट रुपमा देखिन्छ । पुर्वीय संस्कृतिले वेदलाई जीवन पद्धतीको रुपमा लिएर त्यसैलाई सामाजिक अभ्यास गरायो भने पश्चिमा संस्कृतिले अध्ययन अनुसन्धानवाट निस्केका विषयबस्तुलाई आफ्नो दृष्टिकोण मानि सामाजिक अभ्यास गराउदै लग्यो । नेपालीहरुमा पनि विदेशीको प्रभावसंगै परिमार्जित पुर्वीय संस्कृति तथा आविष्कारिकमा पश्चिमा संस्कृतिले प्रभाव पादै आएको छ जस्ले गर्दा “गुरुदेव भवः बसुदैव कुटुम्व” जस्ता पक्षहरु नेपाली संस्कार र संस्कृतिबाट स्खलित हुदै आएको छ।

बैदेशिक रोजगारीको नाममा विदेशिने यूवाजनशक्तिको पलायनसँगै यसले सामाजिक क्षेत्रको मात्र विचलन नगरी प्रजनन् दरमा कमि आएको छ तर औसत आयूमा भने बृद्धि भएको अवस्था छ । यसले गर्दा आर्थिक बृद्धिमा श्रमको योगदान घट्ने छ यो बार्षिक आर्थिक बृद्धिको ०.३ प्रतिशतले मात्र बढी हुने एक अध्ययनले देखाएको छ । यहि अध्ययनलाई नजिर मान्दा बैदेशिक रोजगार हाम्रो सन्दर्भमा क्षणिक फाइदाको क्षेत्र देखिएता पनि दिर्घकालमा घाटा छ । तसर्थ पनि मुलुकको यूवा जनशक्तिलाई देशभित्र नै रोजगारीको सिर्जना गरी मुलुकमा प्रयोग गर्दै सामाजिक एवं साँस्कृतिक सद्भावलाई अझ परिमार्जित एवं दरिलो बनाउनु आवश्यक छ । यसको लागि विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि, धारणा र सहकार्यलाई उपभोग गर्दै सामाजिक प्रभावलाई न्यून गर्ने दिशामा अगाडि बढनु पर्छ । यसो गर्न सकिएको खण्डमा देशले लिएको सुखी नेपाली समृद्ध नेपालको अभियानले सार्थकता पाउन जाने कुरामा आशावादी बन्न सकिन्छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top