+
Search

ताजा अपडेट +

पपुलर +

२ करोड ५३ लाखमा एकिकृत कृषि तथा पशुपालन

namaste nepal multipurpose investment nuwakot
डबली खबर
७ साल अगाडी

लिखु, नुवाकोट / प्रवासबाट फर्केका युवाहरुले दृढ अठोट र सकारात्मक सोचका साथ “नमस्ते नेपाल मल्टिपर्पोज इन्भेष्टमेन्ट कम्पनि प्रा.लि.” नामक संस्थाले एकिकृत कृषि तथा पशुपालन फार्म सुरु गरेका छन् ।

“आफै मालिक, आफै कामदार, ज्याला र मुनाफाको हकदार” भन्ने मुल नाराका साथ विश्वका विभिन्न मुलुकमा रोजगारी गरि कमाएको पैसा, सिप, दक्षता हासिल गरि स्वदेश फर्किएका ६५ युवाहरुले आफ्नै जन्मभूमिमा नै श्रम गर्ने उदेश्य राखी कार्यको थालनी गरेको हो ।

एकिकृत कृषि तथा पशुपालनमा लगानी गरी कृषि उत्पादन र व्यवस्थापनलाई प्राथमिकता दिदै नेपाली बजारमा रोजगारी सिर्जना गर्ने अभिप्रायले नुवाकोट जिल्लाको लिखु गाउँपालिका-६ थानसिङ, मकैचौरमा रु.२ करोड ५३ लाखमा ५२ रोपनी ४ आना जग्गा खरिद गरेको नमस्ते नेपाल मल्टिपर्पोज इन्भेष्टमेन्टका अध्यक्ष रामशरण बानियाँले जानकारी दिनुभयो ।

अहिले फार्मको लागि भौतिक पूर्वाधार कार्य निर्माण भैरहेको छ । कृषिमा आधारित कृषि पर्यटन होटल रिर्सोट होमस्टे सञ्चालन र अर्गानिक तरकारी उत्पादन फलफुल उत्पादन, माछापालन, बाख्रापालन, कुखुरापालन, मौरिपालन, बगुरपालन लगायतका एकिकृत कृषि फार्म गरिने अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

स्थानिय कृषकहरुलाई समेत सेवा प्रदान गरिने गरी कृषकलाई तालिम प्रविधि, प्राङगारिक कृषि उत्पादन बजारीकरणमा सहयोग गरि सहकारीमा आधारित कृषि प्रणालिलाई अबलम्बन गर्ने नमस्ते नेपालले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ