२०८१, १२ बैशाख बुधबार

सम्भव छन् ओलीका सपना? : मुक्ति गौतम

    बैशाख ३१ २०७५ १४:३१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभामा गरेको भाषणको रेकर्ड सुन्ने अवसर मिल्यो। आफूलाई अहिलेका नेताहरूमा अलि भरोसा भएको नेता ओली नै लाग्ने भएकोले भाषणको अवधिभरि डर लागिरह्यो ताकि कतै हौसिएर बोल्दा न चिप्लियून! आफूलाई मनपर्ने खेलाडी, कलाकार, नेता, आफन्त या विदेशमा बस्दा कुनैपनि नेपाली कुनै ठाउँमा चिप्लिएला वा केही अस्वाभाविक गर्ला भनेर डर लागि रहन्छ।

मलाइ फुटबल मनपर्छ र खेलाडीमा मेस्सी। मेस्सीले हार्दा त दुख हुन्छ नै तर खेलमा पनि उसको स्तरसँग नमिल्ने कुनै गल्ती गरी हाल्छ कि भनेर खेल अवधिभरि डर लागि रहन्छ। उसले गरेको गल्तीको अपजस आफैलाई मिल्छ झैँ लाग्छ। सायद त्यसैले गर्दा पनि होला राजनीतिमा आफूलाई फुटबलमा जस्तै लगाव नरहोस् भन्ने लाग्छ। हैन भने त हरेक पटक त्यो अपमान, त्यो पीडा झेल्न कमसेकम म मा त्यो शक्ति छैन।

एक समय ओली मेरा मन नपर्ने मध्येका एक नेता हुन्। मन नपर्दा उनी कतिसम्म छुच्चो देखिन्छन् भन्ने पनि थाहा छ मलाइ। उनको अभिव्यक्ति कति नमीठो लाग्छ, उनलाई घृणा गर्नेहरुको प्रतिक्रिया हेरेर अहिलेपनि म अनुमान गर्न सक्छु। त्यसै खगेन्द्र संग्रौला उनको विरोध गर्न पाउँदा आफ्नो धोती खुस्किएको थाहै नपाई त्यति धेरै उफ्रिने गरेका होइनन्।

KP Oli.jpgभेट्ने अवसर त अरूको पछि लागेर २ चोटिसम्म भएको हो, त्यो पनि हुलमूलमा । तर उनका कुरा अरूबाटै अझ आफ्नै दाईबाट सुनेपछि मेरो धारणा अलि परिवर्तन हुँदै गएको हो। अहिले भने राजनीतिज्ञमा कोही भेटौं भन्ने लाग्दा उनी नै पहिलो नम्बरका राज नेता होलान्। फेरि यो आकर्षण भने ओलीका पानी जहाज, ग्यास वा रेलका सपनाहरू या यिनका उखान टुक्काको प्रभाव भने होइन।

भाषण सुन्दा त्यस्तो केही भएन, तर अरू नेताहरूको अनुहारतिर भने मौका मिल्दा हेरी राखेँ। उनले गरेका कुराहरूले आफ्नै पार्टी, विपक्षी दल र ओलीको बेला बखत चर्को विरोध गर्ने तराई केन्द्रित दलका नेताहरूको अनुहारमा त्यस्तो अस्वाभाविक भाव केही देखिए जस्तो लागेन। बरु आफैलाई उनको आत्मविश्वास, उनको स्पष्ट दृष्टिकोण अझ उनको यो देशलाई छिट्टै समृद्ध बनाउने दुस्साहस? (अहिलेको बेथिति देख्दा त्यस्तै लाग्छ) देखेर भने ताजुब लाग्यो।

यति पिछडिएको देश, भ्रष्टतन्त्र, पुराना परम्परा, संस्कारमा जकडिएको समाज, जबाफदेहिता नभएको कर्मचारीतन्त्र, आशा मार्दै गएका जनताहरू, नेपालको जटिल भौगोलिक राजनैतिक अवस्था, गैरजिम्मेदार नेताहरूको बाहुल्यता रहेको अहिलेको परिवेशमा यो धृष्टता? पक्कै पनि जो कोही अचम्भित हुनसक्छ , मेरो त के कुरा।

प्रथमतः: ओली राजनीतिमा उदाएका नयाँ खेलाडी हैनन्। देशको गृहमन्त्री र प्रधानमन्त्रीको रूपमा कार्य गरिसकेका छन्। पार्टीमा अहिले अध्यक्षको रूपमा छन् त्यो पनि पहिलो ठूलो पार्टीको। प्रधानमन्त्री भएर भारतीय नाकाबन्दीको असहज परिस्थितिमा पनि सफल देखिए। त्यसपछि नै “वाह वाही” बटुलेका छन् धेरै। त्यही रूपमा हेर्दा यिनले राजनीति बुझेका छैनन् भन्नु मूर्खता ठहरिएला।

त के उनले बुझेर नै नेपालमा यति छिटै विकास र समृद्धि सम्भव देखेका हुन् त? तर उनले झैँ सजिलै जनतालाई ढुक्क बनाउन पनि गाह्रो मात्र हैन मेरो कोणबाट त म असम्भव देखिरहेको छु। तर पनि उनको यो धृष्टता प्रति मेरो सम्मान छ।

दोस्रो, यिनले बुझेका छन् भनौं भने, देश त्यही हो, मानसिकता उस्तै छ – यिनका कुरामात्रै अरूका भन्दा फरक देखिएका छन्। यिनकै पार्टीको स्थानीय तहको कार्यकर्ता, नगरपालिका प्रमुखको नाकै मुनी एकजना अबोध बालिकालाई बोक्सीको आरोपमा मरणासन्ना हुने गरी कुटपिट भएको दुःखद घटना ताजै छ। पुलिस, प्रशासन त्यही, पार्टी, कार्यकर्ता त्यही – कसरी सम्भव छ यो समृद्धि? फेरि उनी निर्धक्क विकासको कुरा गरिरहेका छन्। सपना देख्नु र पूरा हुन नसक्नू फरक कुरा हुन्। तर पनि राज्यले सपना देख्ने र देखाउने नेता पाउनु ठूलो कुरा हो। म आशावादी छु।

देउवाको लोकतन्त्रको नामको अराजक कार्य शैली भन्दा ओलीको केही गरेर मर्ने सोचले गगन जस्ताहरूलाई अधिनायकवादी बाटो हैन जनकल्याणको फराकिलो लोकतान्त्रिक मार्ग प्रशस्त गर्नेछ। लोकतन्त्र आचरण हो, संस्कार हो न कि सस्तो नारा।

म मात्रै हैन धेरैमा आशा पलाएको छ। नाकाबन्दी पछि यिनले आफ्नो प्रभाव छोडेका छन्। आफ्नो उचाइ ह्वात्तै बढाएका छन्। जनतामा भरोसा जागेको छ। यिनका विपक्षीले भने जस्ता स्वैर कल्पनाहरूले मात्र यो जगाएको हैन। यिनका उखान टुक्काको मात्रै जादु पनि यो होइन।

यिनले केही गरेर देखाई सकेका पनि छैनन्। तर पनि जनतामा यिनले विश्वास जगाएका छन्, आफूसँगै सपना देख्न सिकाएका छन्। विषम परिस्थितिमा सपना जोगाउनु, भरोसा पलाउनु पहिलो शर्त हो, नत्र त खरानीमा कसरी समृद्धि सम्भव होला र?

गगनले गरेका आशंका बाहेक उठाएका कुराहरू जायज छन्। ओलीले चाहँदैमा अधिनायकवादी अवस्था सिर्जना हुन्छ भन्नु या त अपरिपक्व सोच हो या ओलीको लोकप्रियतामा प्रहार गर्न बनाएको असफल तीर मात्रै।

देउवाको लोकतन्त्रको नामको अराजक कार्य शैली भन्दा ओलीको केही गरेर मर्ने सोचले गगन जस्ताहरूलाई अधिनायकवादी बाटो हैन जनकल्याणको फराकिलो लोकतान्त्रिक मार्ग प्रशस्त गर्नेछ। लोकतन्त्र आचरण हो, संस्कार हो न कि सस्तो नारा।

सपनाहरू देख्नुपर्छ। सपना बिनाको समृद्धि सम्भव छैन। सृजना गर्न सपना देख्नु पर्छ। स्वप्न द्रष्टाहरूले मात्रै सुन्दर भविष्यको परिकल्पना गर्न सक्छन्। भर्खरैका उनका केही निर्णयहरु र उनको मन्त्रिमण्डल हेर्दा म आशावादी छु, शुभकामना! सम्भव छन् ओलीका सपनाहरू!

टिमिन्स, क्यानडा

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top