sujim advert

लाङ्टाङ निकुञ्जको डढेलो नियन्त्रण

    बैशाख २४, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

fire flame
bidur tax consultancy services in nuwakot

रसुवा/लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो आज बिहानबाट नियन्त्रणमा आएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि लागेको डढेलो २२ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

वन वनस्पति जैविक विविधता संरक्षणका लागि चेतनामूलक सन्देश प्रवाह गर्दै निकुञ्जका बासिन्दालाई कार्यालयले दिने सेवा सुविधासमेत प्रदान गरिरहेको अवस्थामा वन जंगलमा डढेलो लगाई, वन्यजन्तु वन वनस्पतिमा नोक्सान पु¥याउनु आपराधिक क्रियाकलाप भएकाले यस्ता क्रियाकलाप बन्द गरी संरक्षणमा सहभागी भइदिन सबैलाई आग्रह गरिएको निकुञ्जले जनाएको छ ।

डढेलो हाकुबेँसीको त्रिशूली नदी आसपासबाट शुरु भएको थियो । डढेलोबाट २० देखि २५ हेक्टर जंगल नोक्सान भएको बताइएको छ । चराचुरुङ्गीले फूल पार्ने र बच्चा कोरल्ने बेला भएकाले बढी मात्रामा पक्षी मरेका छन् भने वनस्पतितर्फ स–साना बोट बिरुवा नोक्सान भएको रेञ्जर बस्नेले बताउनुभयो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top