२०८०, २४ जेष्ठ बुधबार

निकुञ्जको जंगलमा आगलागी

    बैशाख २३ २०७५ २२:२९

fire flame
Diyo Pathshala Montessori

रसुवा/लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा आज मध्याह्नदेखि आगलागी भएको छ ।

प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार ब्राबल पाखा क्षेत्रको त्रिशूली नदी किनारबाट केहीबेर अगाडि अचानक जंगलमा लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणका अधिकृत तथा जवान र निकुञ्जका कर्मचारी जुटेका छन् ।

डढेलो क्षेत्र अधिकांश भीरपहरामा रहेको र बढी हावाहुरी चलेका कारण नियन्त्रणमा ल्याउन कठिनाइ भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि सम्भावित ठाउँमा फायर फायरिङ पनि अगाडि बढाइएको छ ।  (रासस)

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top