+
Search

ताजा अपडेट +

पपुलर +

श्रीमान भेट्न आएकी युवती होटलमा मृत्त भेट्टिइन्

death body
डबली खबर
८ साल अगाडी

नुवाकोट/बाजुराको स्वामीकात्तिक गाँउपालिका–४ की लक्ष्मी नाथ आज विदुर नगरपालिका–२ स्थित डाइमण्ड होटलमा मृत्त अवस्थामा भेट्टिएकी छिन् ।

नुवाकोट सिटी अस्पतालमा अहेब पदमा कार्यरत श्रीमान नविन नाथलाई भेट्न चार दिनअघि यहाँ आएकी २४ वर्षीया लक्ष्मी अपराह्न होटलको कोठामा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

होटलमा बस्ने क्रममा आफूसँग सामान्य विवाद भएकाले बाथरुमको धारोमा सलको पासो लगाएर आत्महत्या गरेपछि आफूले त्यहाँबाट उनको शव निकालेर कोठामा राखेको श्रीमान नविनले प्रहरीलाई बताएका छन् ।

घटना शंकास्पद रहेको भन्दै प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । लक्ष्मीको माइतीपक्ष डडेल्धुरबाट आउनेक्रममा रहेकाले शव घटनास्थलबाट उठाउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ