sujim bazar advert

नुवाकोट जिल्ला दमकल सेवाविहीन

    माघ २९, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट जिल्ला दमकल सेवाविहीन भएको छ । यहाँ रहेका बाह्र स्थानीयतहमध्ये विदुर नगरपालिकाको दमकल बिग्रिएपछि जिल्ला नै दमकल सेवाविहीन भएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको यहाँ कुनै पनि स्थानीयतहमा दमकल सेवा नहुँदा अहिलेको हिउँदयाम तथा सुक्खायाममा आगलागी भएमा ठूलो क्षति पुग्ने जोखिम देखिएको छ ।

विसं २०५६ मा चीन सरकारबाट अनुदान प्राप्त भएको विदुर नपाको दमकल ट्यांकी चुहिने भएर ‘बिग्रिएकाले ममर्त नभएसम्मका लागि सेवा दिन नसक्ने’ सूचना निकालेर थन्क्याएपछि सिंगो जिल्ला नै दमकल सेवाको सुविधा पाउनबाट बञ्चित भएको हो ।

शुक्रबारदेखि विदुर नपाले सूचनामार्फत मर्मत नभएसम्मका लागि दमकल सेवा अवरुद्ध रहेको सूचना जारी गरेको हो । विदुर नपाका प्रमुख सञ्जु पण्डितका अनुसार दमकलबाट पानी चुहिएर काम गर्न छाडेपछि ममर्तका लागि पठाउन लागिएको छ । “प्राविधिक अध्ययनमा मर्मतका लागि रु १० लाख लाग्ने अनुमान गरिएको छ”, प्रमुख पण्डितले भने, “मर्मत खर्चको अभाव र कम्तीमा एक महिना समय लाग्ने देखिएकाले के गर्ने अन्योलमा छौँ ।”

विदुर नपाको दमकलले नुवाकोटसहित रसुवामा समेत सेवा पु-याउँदै आएको थियो । राज्य पुनःसंरचनाले स्थानीय तहको केन्द्र रहेको स्थान, भूकम्पपछि सर्वसाधारण एकीकृत बस्ती निर्माणतर्फ लागेकाले बढ्दै गएको बजारीकरण र घनाबस्तीले आगलागीको जोखिम बढ्दै गएको छ । यो वर्षको मंसिरदेखि माघ अन्तिम सातासम्म जिल्लामा सात स्थानमा आगलागी हुँदा एक जनाले ज्यान गुमाएका छन् ।

अहिलेको सुक्खायामममा डढेलो, आगलागीलगायतमा एम्बुलेन्स सेवाको भूमिका अतिआवश्यक भए पनि सिंगो जिल्ला नै दमकल सेवाविहीन भएको छ । -राससबाट

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top